
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जिल्ला स्तरीय आधारभूत तह एकल नृत्य प्रतियोगिता हुने भएको छ । अत्तरियामा रहेको वान वए डान्स क्याम्प र क्युरिक्स डान्स स्टुडियोले जेठ २० गतेदेखी करिब डेढ महिना जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले तीस हजार एक सय ५१ रुपीयाँ नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले बुधबार (आज) आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै द्धितिय हुनेले बीस हजार एक सय ५१ रुपीयाँ पुरस्कार पाउनेछ भने तृतिय स्थान हाँसिल गर्नेले दश हजार एक सय ५१ रुपीयाँ पुरस्कार पाउने विकले बताए ।

नृत्य प्रतियोगितामा कक्षा १ देखी ५ सम्मका विद्यार्थी सहभागि हुन पाउनेछन् भने नृत्य नेपाली गीतमा मात्रै गर्न पाइनेछ । त्यसैगरी गीत अधिक २ मिनेट ३० सेकेन्ड बढी समावेश गरिने छैन भने आफुलाई सामग्रीहरु प्रतियोगी आफैले व्यवस्था गर्नुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट ५ मा पर्नेलाई वान वए डान्स क्याम्पमा ३ महिनासम्म निःशुल्क नृत्य सिकाइनेछ भने उत्कृष्ट १० मा पर्नेलाई एक दिने सामाजिक अवलोकन भ्रमण गराइनेछ । प्रतियोगितामा निशुल्क रुपमा सहभागिता जनाउन पाइनेछ ।














