दुर्गालक्ष्मी नमूना मावि र विश्व निकेतन माविबिच शैक्षिक सहकार्य सम्बन्धि सम्झौता

Image
maya metro

अत्तरिया – कैलाललीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावि र काठमाडौं त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविबिच शैक्षिक सहकार्य सम्बन्धि सम्झौता भएको छ ।

सामुदायिक विद्यालय बीच असल अभ्यासहरु आदान प्रदान गरी सिकाइ स्थान्तरण द्वारा विद्यार्थी तथा शिक्षकहरुमा पारस्परिक सिकाइ सहकार्य गर्न दुई पक्षिय सम्झौता गरिएको दुर्गालइमी नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन् ।

nisarga

उक्त सम्झौता पत्रमा दुर्गालक्ष्मीबाट अध्यक्ष शाह तथा प्रधानाध्यापक ललन प्रसाद चौबे र विश्व निकेतन माविका तर्फबाट प्रधानाध्यापक हेरम्ब राज कडेलले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झैतामा प्रथम पक्षले विज्ञान विषयको प्राविधिक व्यवस्थापन गर्दै शैक्षिक समन्वय तथा सक्षमताको अभिवृद्धि गर्न दोस्रो पक्षको माग बमोजिम आवश्यक पर्ने शैक्षिक तालिम, गोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने,दोस्रो पक्षलाई छोटो अवधिको लागि प्रथम पक्षले विज्ञान विषय सञ्चालनमा आवश्यक सहयोग गर्ने, दोस्रो पक्षको विज्ञान विषय अध्ययन गर्ने तथा विद्यालयले छनोट गरेका विद्यार्थीहरुलाई वर्षमा दुईपटक प्रथम पक्षले आफ्‌नो विद्यालयको सिकाई प्रक्रियाको अनुभव गराउन सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै पहिलो र दोस्रो दुवै पक्षले संयुक्त रुपमा आवश्यकता अनुसार विज्ञान विषय तथा अन्य विषयहरुमा सुधारात्मक कार्यहरु गर्ने, विद्यार्थी तथा शिक्षक कर्मचारी साटासाट अधिकतम सिकाईमा सहभागिता गराउने, विपन्न विद्यार्थीहरुलाई विज्ञान विषयका पाठ्यसामाग्री सन्दर्भसामाग्रीहरु पुस्तक छात्रवृत्तिको रुपमा उपलब्ध गराउने, उल्लेखित कार्यक्रम बाहेक प्रथम तथा दोस्रो पक्षलाई प्रभावकारी लागेमा थप कार्यक्रमहरु सञ्चालन गर्न सकिने सम्झौतामा उल्लेख छ ।

प्रथम तथा दोस्रो पक्ष विचको सिकाई हस्तान्तरण कार्यक्रम पहिलो चरणमा तिन ९३० वर्षको हुने, विज्ञान प्रर्दशनी तथा प्रयोगलाई सहजता ल्याउने, विज्ञान विषय समूहको कक्षा १२ प्रि बोर्ड परीक्षा तथा कक्षा ११ को वार्षिक परीक्षा प्रश्न(पत्र तथा समय तालिकामा एकरुपता ल्याउने, विज्ञान विषय अध्ययन अध्यापनको समय तालिका दोस्रो पक्षले पहिलो पक्ष संग समन्वय गरी अनुशरण गर्ने बताइएको छ ।

पहिलो पक्ष र दोस्रो पक्षका विद्यालयहरुमा अध्ययापन गराउने शिक्षकहरुको सार्क राष्ट्र सम्म संयुक्त शैक्षिक अवलोकन भ्रमण गराउने, आधारभुत तह र माध्यमिक तहको शैक्षिक बहस, शैक्षणिक कृयाकलाप सम्बन्धी पहिलो पक्ष र दोस्रो पक्ष विच समन्वय गर्ने, बालविकास देखि कक्षा ५ सम्म समय सापेक्ष शैक्षिक विधी प्रयोग र अभ्यासलाई प्रभावकारी बनाउन पहिलो पक्षले दोस्रो पक्षका विद्यालयमा कार्यरत शिक्षकहरुको सहकार्य गर्ने, अतिरिक्त क्रियाकलाप, सामाजिक संग्रहालय र साँस्कृतिक संग्राहालय व्यवस्थापन गरी विद्यार्थीको चौतर्फी विकासमा सहजता ल्याउने सम्झौतामा उल्लेख गरिएको छ ।