
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अन्तरगत शैक्षिक सत्र ८१/८२ को एसईईमा पालिका भरमै स्याउलेमा रहेको दुर्गाज्योती सेकेन्डरीले उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।
वडा नम्बर ८ स्थित स्याउलेमा रहेको संस्थागत विद्यालय दुर्गाज्योती सेकेन्डरीले ९५ दशमलव ६५ प्रतिशत नतिजा हाँसिल गरेको गोदावरी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

उत्त विद्यालयबाट २३ जना एसईईमा सहभागी भएकोमा २२ जना उक्तिर्ण भएका हुन् । त्यस्तै दोस्रोमा वडा नम्बर ५ को ब्राइन स्टार एकेडेमीले नतिजा हाँसिल गरेको छ । ब्राइन स्टारले ९४ दशमलव १२ प्रतिशत नतिजा हाँसिल गरेको छ ।
त्यस्तै सामुदायिक तर्फ अत्तरियाको घण्टेश्वर मावि अत्तरियाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । घण्टेश्वरले ७७ दशमलव ३६ प्रतिशत नतिजा हाँसिल गरेको छ । एसईईको नतिजा शुक्रबार सार्वजनिक भएको थियो ।














