
अत्तरिया – कैलालीको अत्तरियामा चोरि गर्दै हिँड्ने समूह पक्राउ परेको छ ।
विशेषगरि अत्तरियाका होटलहरुमा रारिाति चोरि गर्दै हिँड्ने ५ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शनीबार बिहानको समयमा अत्तरियाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाँउपालिका- १० बस्ने ३५ वर्षीय अर्जुन बोहरा, दिपायल सिलगढी नगरपालिका- १ बस्ने २५ वर्षीय नरेश बोहरा, सोहि ठाउँका १८ वर्षीय भिम एर, कञ्चनपुरको शुक्लाफाटा- ५ बस्ने २० वर्षीय जय बहादुर बोहरा र डडेल्धुराको परशुराम- १० बस्ने १८ वर्षीय रमेश बोहरा रहेका छन् ।
उनीहरुले अत्तरियाका विभिन्न होटलहरुबाट नगदसहित ६ लाख बराबरको चोरी गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
आइतबार पाँच दिनको म्याद थप गरि पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुले दिउँसो खाजा खाने बाहनाले होटलमा पस्ने र सिसि क्यामेरा भए नभएको जानकारी राखी रातीको समयमा चोरी गर्ने गरेको बताइएको छ ।
















