
अत्तरिया – १८ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा डेउडा कार्यक्रमको आयोजना गरिएको छ ।
कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले आइतबार परेको १८ औँ पुस्तकालय दिवसको अवसरमा शनिवार (आज) पुस्तकालय परिसरमा डेउडा कार्यक्रमको आयोजना गरेको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको मुख्य प्रवर्द्धनमा गरिएको कार्यक्रममा डेउडा गायक दिर्घराज फुलारा र गायिका ममता धामीले सहभागीहरूलाई डेउडा खेलाएका थिए ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको डेउडा कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर टिएन जोशी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै उप कुलपति जोशीले सुदूरपश्चिमको पहिचान भएको हुँदा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए ।














