दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

Image
maya metro

नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

nisarga

त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।