
अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ का संघिय सांसद खेमराज कोइराला र गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टबिच छलफल भएको छ ।
शनीबार (आज) गोदावरी नगरपालिका भित्रका सार्वजनिक समस्याबारे छलफल भएको जनाइएको छ ।

अत्तरिया बसपार्क, चौकिडाँडा फल्टुडे सडक तथा नेपाली सेनाको नाममा रहेको जमिनमा घर परेका ६१ घरधुरीका बारेमा छलफल भएको हो ।
छलफलकाक्रममा सांसद कोइरालाले माथिल्लो तहमा गर्ने सहजीकरणका लागि आफू संधै तयार रहेको बताएका छन् ।
त्यस्तै सांसद कोइरालाले चौकिडाँडा फल्टुडे सडकका बारेमा वडा नम्बर १०, ११ र १२ का वडा अध्यक्षहरुसंग पनि छलफल गरेको बताइएको छ ।













