प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न , ३२५ मत खस्यो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि मतदान  सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको हो । निर्वाचन संयोजक देवराज भट्टका अनुसार जम्मा ३२५ मत खसेको छ ।

nisarga

अन्य पदमा सहमति भएपनी अध्यक्ष र उपाध्यक्षमा सहमति नभएपछि निर्वाचन भएको हो ।

अध्यक्षका लागि दिर्घराज भट्ट , भुपेश जोशी,यज्ञराज हमाल र उपाध्यक्षमा नरेन्द्र राज शर्मा र टेकराज भट्ट चुनावी मैदानमा छन् ।

सचिवमा धर्म सिंह कुँवर , कोषाध्यक्षमा जयराज फुलारा र सह – सचिवमा हेमन्तराज जोशी निर्विरोध यस अघि नै चयन भइसकेका छन् ।

त्यस्तै सदस्यहरुमा पनि शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा र खिमादेवी ओझा यस अघि नै चयन भैसकेका छन् ।

संस्थामा ५६५ जना आजीवन सदस्य रहेका छन् । केहिबेरमै मतगणना सुरु गर्ने निर्वाचन संयोजक भट्टले बताएका छन् ।