कृष्णपुरमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्दै कोइका, निर्देशकले गरे ‘साइट भिजिट’

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पोलिटेक्निक इन्स्टिच्युट स्थापना हुने भएको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले कृष्णपुर नगरपालिका वडा नम्बर ७ को कार्यालय नजीकै सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने भएको हो ।

nisarga

जस अन्तरगत आज सोमबार कोइका नेपालका देशीय निर्देशक मूहन कोङसहितको टोलीले साइट भिजिट गरेको छ । साइट भिजिटपछि प्रतिक्रिया दिँदै मूहनले आफू पहिलोपटक साइट भिजिटको यहाँ आइपुगेको बताए ।

उनले साइट आफूलाई राम्रो लागेको भन्दै नेपाल सरकारसंग सहकार्य गरेर काम गर्न पाउँदा खुसी लागेको बताए । आगामी वर्षदेखि परियोजना निर्माणको कार्य सुचारु गर्ने मूहनले बताए ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले साइट भिजिटपछि कोङसहितको टोली सकरात्मक देखिएको बताए । यस परियोजनाले कृष्णपुर नगरपालिकासहित सुदूरपश्चिमकै लागि राम्रो अवसर प्रदान गर्ने उनले बताए ।

निर्देशकसहितको टोलीले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको भन्दै उनले परियोजना चाँडै सुचारु हुनेमा विश्वस्त रहेको बताए ।

सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ । परियोजनाको सम्झौतामा गत भदौमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले गत भदौमा हस्ताक्षर गसिकेका छन् ।

नगर प्रमुख ओझासहित परियोजनाका उप निर्देशक चोङ हे चो, सिटिइभिटीका कार्यकारी निर्देशक महेस भट्राई, कृष्णपुर नगरपालिकाकी उप प्रमुख द्रोपती राना, वडा नम्बर ७ का वडा अध्यक्ष घुम्मन राना पनि साइट भिजिटमा सहभागी रहेका थिए । ए ।

कलेज निर्माणका लागि कृष्णपुर नगरपालिकाले वडा नम्बर- ७ को कार्यालय संगैको चारैतिर सडकसंग जोडिएको जमिन आवश्यकता बमोजिम उपलब्ध गराउने भएको छ ।