तेघरी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित महरा कटानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालनमा आएको छ ।

गोदावरी नगरपालिकाले संचालनमा ल्याएको उक्त तेघरी आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुक्रबार एक कार्यक्रमकाबिच नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

nisarga

तेघरी सामुदायिक वनको जमिनमा बनेको स्वास्थ्य केन्द्र नगरपालिकाले ३९ लाख रकममा निर्माण गरेको हो ।

स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ ।