पर्यावरणीय कृषि सम्बन्धि पालिकास्तरिय अभिमुखीकरण अत्तरियामा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा पर्यावरणीय कृषि सम्बन्धि पालिकास्तरिय अभिमुखीकरण सम्पन्न भएको छ । आज विश्व माटो दिवसको अवसर पारेर गोदावरी पर्यावरणीय कृषि संजाल, एकता समाज श्रीपुर र सिबिओ विकास केन्द्रले पर्यावरणीय कृषि सम्बन्धि पालिकास्तरिय अभिमुखीकरणको आयोजना गरेका हुन् ।

कृषि पेशा गर्दै आइरहेका व्यक्तिहरु सहभागी रहेको कार्यक्रममा सिबिओ विकास केन्द्रका प्रमुख ज्ञानु तिवारीले पर्यावरणीय कृषि सम्बन्धि प्रशिक्षण गरेका थिए । एकता समाजकी उपाध्यक्ष बाटुदेवी साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन् ।

nisarga

कार्यक्रममा आफ्नो राख्दै उप प्रमुख रोकायाले पर्यावरण स्वच्छ राख्नु सबैको दायित्व भएको बताइन् । उनले पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकोले सबै रासायनिक मलको प्रयोग घटाउनुपर्ने बताइन् । रैथाने बालीको संरक्षण गर्नुपर्ने उनको भनाई थियो ।

एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले सञ्चालन गरेको कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी, वडा नम्बर ७ की अध्यक्ष कलावती साउँद, गोदावरी नगरपालिकाका पशु शाखा प्रमुख राम बहादुर सार्की, एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरत बोगटी,कृषि थोक बजारका अध्यक्ष डिल्लीराज जोशी लगायतको उपस्थिति रहेको थियो । ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ नाराका साथ आज देशभर १२औँ विश्व माटो दिवस मनाइएको छ ।

माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिन्छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णय अनुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो।

नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरुआतसँगै विश्व माटो दिवस मनाउन लागिएको छ। डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृषि विभागका अधिकारीको भनाइ छ।