
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गोदावरी नगर समितिले वडा नम्बर ३ को वडा अधिवेशन सम्पन्न गरेको छ ।
आज भएको अधिवेशनबाट वडा नम्बर– ३ को सभापतिमा जय बहादुर बोहरा चयन भएका छन् ।

जसको उप सभापतिमा चक्र बहादुर सार्की, सचिवमा नर बहादुर बोहरा चयन भएका छन् भने सदस्यहरुमा टिकाराम कडरा, पिंकी सार्की, र मिनराज भट्ट चयन भएको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।
अन्य ५ जना सदस्यहरु समावेशिकताको आधारमा पछि मनोनयन गरिने ओझाले बताएका छन् ।















