धनगढीमा सँगै सुतेका साथीलाई धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ

Image
maya metro

धनगढी – धनगढीमा सुतेको अवस्थामा साथीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २२ वर्षीय शेखर मास्कीमगरलाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको थियो ।

nisarga

मास्कीमगरमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा उनीसँगै कोठामा सुतिरहेका डोटीको बडिकेदार गाउँपालिका–२ असुराका अकिंत मास्कीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार धारिलो हतियार प्रहार गरेको कोठाबाट प्रहरीले दाउ समेत बरामद गरेको छ ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर मास्कीमगरेको भने कैलाली अस्पतालमा उपचार भइरहेको छ ।