गोदावरी– १ को वडा कार्यालयमा गरिएको ताला प्रहरीको सहयोगमा खुलाइयो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा गरिएको तालाबन्दी खुलाइएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती र नगर प्रहरीको सहयोगमा तालाबन्दी आज बिहान खुलाइएको हो ।

nisarga

डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि विरोध गर्दै डीडीसी र वडा कार्यालयमा पुस १४ गते संघर्ष समिति र स्थानीयले तालाबन्दी गरेका थिए ।

डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै लामो समय देखि आन्दोलन गरिरहेको संघर्ष समितिले भने एकतफ रुपमा ताला खोलिएको बताएको छ ।