
अत्तरिया – कैलालीको अत्तरिया जेसीजको १४ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ ।
सोमबार अत्तरियामा एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०२५ का अध्यक्ष प्रदिप खड्काले हालै निर्वाचित २०२६ का अध्यक्ष बम बहादुर बोगटीलाई पद तथा माईन्यूट दिएर जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

अत्तरिया जेसीज वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष बोगटीले पदभार ग्रहण ग्रहण गरेसँगै बोर्डका सबै पदाधिकारीहरुले सपथ लिएका छन् ।
कार्यक्रममा बोल्दै अत्तरिया जेसीज वर्ष २०२५ का अध्यक्ष खड्काले सबैको साथ र सहयोगमा आफ्नो कार्यकाल सफल र उत्कृष्ट भएको बताउदै कार्यसमिति पदाधिकारी तथा सबै सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे ।
अत्तरिया जेसीज २०२६ का नवनिर्वाचित अध्यक्ष बोगटीले जेसीजको मर्म र भावनालाई आत्मसात गर्दै सबैसँगको समन्वय र सहकार्यमा युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक कार्यलाई जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले जेसीजले समाजमा पु¥याएको योगदान र सामाजिक कार्यको प्रशंसा गरे । कार्यक्रममा अत्तरिया जेसीजका संस्थापक अध्यक्ष गीरीराज कडायत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अत्तरिया जेसीजको मातृ शाखा धनगढी जेसीजका प्रतिनिधि, छिमेकी शाखा फुलबारी जेसीजका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिात रहेको थियोे ।
अत्तरिया जेसीज वर्ष २०२६ का उपाध्यक्ष टेक खड्काले स्वागत मन्तव्य प्रस्तुत गरेसंगै सुरु भएको कार्यक्रममा शंकर साउँदले जेसीज आस्थापाठ वाचन थिए भने रोशन बलायरले जेसिज मिसन र भिजन पढेका थिए ।
पहिलो चरणको कार्यक्रमको अत्तरिया जेसिज वर्ष २०२५ का अध्यक्ष प्रदिप खड्काले अध्यक्षता गरेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् ।
त्यस्तै दोस्रो चरणको कार्यक्रममा अत्तरिया जेसिज वर्ष २०२६ का अध्यक्ष बोगटीले अध्यक्षता गरेका थिए भने महासचिव प्रेमा पाठकले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रममा अत्तरिया जेसीज वर्ष २०१९ का अध्यक्ष गणेश शाहले निर्वाचन आयुक्तको भूमिका निर्वाह गरेका थिए ।













