कैलाली- ४ मा प्रतिनिधि सभाका लागि १५ दलसहित १७ जनाको उम्मेदवारी दर्ता

Image
maya metro

अत्तरिया – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर- ४ मा १५ वटा राजनितिक दलसहित १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधि सभाका लागि नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजबार, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाली कांग्रेसका गोरख बहादुर विष्ट, स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट खत्री र मितेरी पार्टी नेपालका दिनेश कुमार मल्लले उम्मेदवारी दर्ता गरेका हुन् ।

nisarga

त्यसैगरी नागरिक उन्मुक्ती पार्टीका धन बहादुर सुनार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भक्त बहादुर शाही, श्रम संस्कृति पार्टीबाट भिम बहादुर थापा मगर, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट मोहनदेव मिश्र, नेपाल मानवतावादी पार्टीका यज्ञ बहादुर टमोटाले उम्मेदवारी दर्ता गरेको कैलाली क्षेत्र नम्बर- ४ का सहायक निर्वाचन अधिकृत गीरीराज भण्डारीले जानकारी दिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट लेखराज भट्ट, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर र नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी र राष्ट्रिय जनमोर्चाका तर्फबाट हेमराज भट्टले उम्मेदवारी दर्ता गरेका सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भने हरि प्रसाद रेग्मी र खेमराज कोइराला गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।