कैलाली- ४ मा रास्वपाबाट दुई जनाको उम्मेदवारी- रेग्मीको खारेज, कोइरालाको कायम

Image
प्रतिनिधि सभाका लागि कैलाली ४ बाट उम्मेदवारी दर्ता गरेका हरि प्रसाद रेग्मी (बाँया) र खेमराज कोइराला दाँया
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

रास्वपाबाट हरि प्रसाद रेग्मी र खेमराज कोइराला गरी दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।

nisarga

 पार्टीको आधिकारिक पत्रका आधारमा आयोगले रेग्मीको उम्मेदवारी खारेज गरेको छ भने कोइरालाको उम्मेदवारी कायम गरेको छ ।