राप्रपा क्षेत्र नम्बर- ४ को चुनावी कमाण्ड खेमादेवी विष्टलाई

Image
maya metro

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कैलाली क्षेत्र नम्बर -४ को चुनावी कमाण्ड खेमादेवी विष्टलाई दिएको छ ।

पार्टीको मंगलबार बसेको वैठकले चुनावी कमाण्ड प्रदेश सांसद समेत रहेकी विष्टलाई दिने निर्णय गरेको हो ।

nisarga

पार्टीको निर्वाचन गतिविधि तिव्र र व्यवस्थीत बनाउने उदेश्यसहित चुनावी कमाण्डर तोकिएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले कैलाली क्षेत्र नम्बर- ४ मा कमल बम (रजवार) लाई उम्मेदवार बनाएको छ ।