
अत्तरिया – आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुका लागि साझा नितिगत प्रतिवद्धता तथा कार्ययोजना सार्वजनिक गरिएको छ ।
सम्वृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कर्मस सुदूरपश्चिम प्रदेशले आइतबार कैलालीको अत्तरियामा पत्रकार सम्मेलन गर्दै नेपाल चेम्बर अफ कर्मस प्रदेश समितिले उम्मेदवारहरुका लागि साझा नितिगत प्रतिवद्धता तथा कार्ययोजना सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका साझा नितिगत प्रतिवद्धता तथा कार्ययोजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यम र डिजिटल रुपान्तरण, स्वास्थ्य, शिक्षा र मानव पूँजी, भौतिक पूर्वाधार र रणनितिक पहुँच, पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायगरी ५ बुँदा समेटिएको छ ।















