साढे ३२ करोडमा गोदावरीका ८ सडक कालोपत्रे गर्दै एडिबी, नगर प्रमुख भट्टले शिलान्यास

Image
maya metro

अत्तरिया – एसियाली विकास बैंक (एडिबी)ले ३२ करोड ५९ लाखमा कैलालीको गोदावरी नगरपालिकाका ८ वटा सडक कालोपत्रे गर्ने भएको छ ।

सो आयोजनाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका छन् ।

nisarga

निर्माण कम्पनी केएस एनएस बिसिपिएल जेभिले गोदावरी-५ स्थित गेटा आँखा अस्पताल जाने सडकखण्डबाट आजदेखी काम सुरु गरेको हो ।