धनगढीलाई महानगर बनाउने कांग्रेस उम्मेदवार शाहको प्रतिबद्धता

Image
maya metro

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन् ।

मंगलबार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन् । प्रतिबद्धतापत्रमा उनले आफू निर्वाचित भए संघीय सरकारसँग यसबारे पहल गर्ने उल्लेख गरेका छन् ।

nisarga

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै शाहले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् । उनले सुदूरपश्चिमका विकास परियोजना अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको कोष बनाएर सदनमा आवाज उठाउन पहल गर्ने बताएका छन् ।