अत्तरियाको एभरेष्ट एकेडेमीको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ मा रहेको एभरेष्ट एकेडेमीमा २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयमा हिजोदेखि सुरु भएको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको हो ।

nisarga

दिवसको हिजो एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीले उद्धघाटन गरेका थिए भने आज सम्पन्न भएको समापन समारोहमा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी प्रमुख अतिथि रहेका थिए ।

दुई दिनसम्म चलेको वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरूले नृत्य, गीत, कविता तथा अन्य प्रतिभामूलक प्रस्तुति मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

साथै विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।