‘हाम्रो गोदावरी’को पाठ्यक्रममाथि आगोले गरे प्रश्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो गोदावरी’को पाठ्यक्रममाथि प्रश्न उठेको छ ।

अत्तरियाका युवा नेता लाकराज पाण्डेय (आगो)ले हाम्रो गोदावरीको पाठ्यक्रममाथि प्रश्न उठाएका हुन् । उनले कक्षा ५ देखि कक्षा ७ सम्म हाम्रो गोदावरीमा उस्तै विषयवस्तु समावेश गरिएको बताएा छन् ।

nisarga

हिजो एक कार्यक्रममा बोल्दै उनले भने ‘नगरपालिकाले हाम्रो गोदावरी ल्याएको छ, त्यो हाम्रो गोदावरी विषय ५ कक्षामा पनि त्यहि, ६ मा पनि त्यहि छ, ७ मा पनि त्यहि छ । अब त्यो विद्यार्थीले हाम्रो गोदावरीमात्र पढ्ने भयो हाम्रो नेपाल र विश्व नपढ्ने भयो । त्यसैले यो सुधारकालागि म हार्दिक आग्रह गर्न चाहन्छु ।’