सुदूरपश्चिमका ९ जिल्लामै थप प्रहरी परिचालन, हेटक्वाटरबाट ५९९ जना खटाइए

Image
maya metro

धनगढी – फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरेको छ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार जिल्लामा कार्यरत जनशक्तिलाई सघाउन प्रदेशभर थप २१०८ जना प्रहरी खटाइने योजना छ। तीमध्ये हालसम्म १२४६ जना प्रहरी परिचालन भइसकेका छन् भने केही टोली बाटोमै रहेका छन्।

nisarga

परिचालितमध्ये ६४७ जना प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र तथा गणबाट खटाइएको हो भने ५९९ जना प्रहरी हेटक्वाटरबाट थपेर पठाइएको बिष्टले जानकारी दिए। बाँकी प्रहरीलाई समेत क्रमशः जिल्लातर्फ पठाउने प्रक्रिया जारी रहेको उनले बताए।

निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन अतिरिक्त प्रहरी परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।