कैलाली- ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टको चुनावी प्रचारमा पुगे सार्क चेम्बरका अध्यक्ष चण्डीराज ढकाल

Image
maya metro

अत्तरिया – सार्क चेम्बरका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल कैलाली क्षेत्र नम्बर- ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टको चुनावी प्रचारका लागि पुगेका छन् ।

बुधबार (आज) बिहान भट्टको सचिवालयमा पुगेका ढकालले भारतमा भट्टको सम्बन्ध राम्रो भएको बताए । भारतमा आफ्ना समेत कतिपय कामहरु भट्टले गरिदिने गरेको उनको भनाई छ।

nisarga

यस क्षेत्रको विकासका लागि भट्ट उपयुक्त पात्र रहेको उनले बताए । ढकाललाई उम्मेदवार भट्टसहित उनका समर्थकहरुले स्वागत गरेका थिए ।