
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर– २ स्थित अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
शुक्रबार (आज) विद्यालयका संस्थापक प्रधानाध्यापक यमप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कक्षा नर्सरीदेखि ४ सम्मको वार्षिकोत्सव तथा अभिभावक दिवसमा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी प्रमुख अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा गत शैक्षिक सत्रमा कक्षामा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षकहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
पुष्पाञ्जलीमा हाल करिब साढे ११ सय विद्यार्थी अध्यनरत छन् भने ४३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।
विद्यालयका प्रावि तह इन्चार्ज शिक्षक सिमा कुँवरको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक जगदीश सिंह कोट्टारी र नविन भट्टले गरेका थिए । विद्यालयले कक्षा ५ देखि १० सम्मका विद्यार्थी तथा अभिभावकको लागि भोलि वार्षिकोत्सवको आयोजना गर्न लागेको छ ।















