कैलाली-४ का ३० वडाबाट कुन उम्मेदवारलाई कति मत ?

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ को मत गणना सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला विजयी भएका छन् ।

कोइरालाले मोहन्याल गाउँपालिका वडा नम्बर ५ बाट सबैभन्दा कम ५१ मत पाएका छन् भने गोदावरी १ बाट सबैभन्दा बढी २१३३ मत पाएका छन् ।

nisarga

उनले चुरे गाउँपालिका वडा नम्बर १ बाट ४४९ मत,२ बाट १०२ मत, ३ बाट ४०९ मत, ४ बाट १८१ मत, ५ बाट ३७९ मत र ६ बाट ४४४ मत पाएका छन् ।

त्यस्तै उनले गौरीगंगा वडा नम्बर १ बाट १२३४, २ बाट ७८२ मत, ३ बाट ७७५, ४ बाट १४६५, ५ बाट ३९६ र ६ बाट १०४८ मत पाएका छन् । त्यसैगरी वडा नम्ब ७ बाट ८०० मत ८ र ९ बाट बराबर १०६९ मत, १० बाट ७३९ मत र ११ बाट ५५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनले गोदावरी नगरपालिका वडा नम्बर २ बाट १८७९ मत, ३ बाट १५६५ मत , ४ बाट १७६६ मत, ५ बाट १५५८ मत पाएका छन् वडा नम्बर ६ बाट १५३३ मत पाएका छन् ।

कोइरालाले गोदावरी ७ बाट ८४१ मत, ८ बाट १८५१ मत, ९ बाट १२०० मत, १० बाट १११२ मत, ११ बाट ५२३ मत र १२ बाट ६६२ मत पाएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्टले मोहन्याल ५ बाट २४३ मत, गौरीगंगा १ बाट १६२ मत, २ बाट २०८ मत, ३ बाट २८२ मत, ४ बाट ३४३ मत, ५ बाट २४७ मत र ६ बाट २३२ मत प्राप्त गरेका छन् ।

विष्टले गौरीगंगा १ बाट ५०० मत, २ र ४ बाट बराबर ३५६ मत, ३ बाट ३०४ मत, ५ बाट २४८ मत, ६ बाट ४५१ मत पाएका छन् भने ७ बाट ३७७ मत, ८ बाट ३५० मत, ९ बाट २४४ मत, १० बाट ३१८ मत र ११ बाट २५३ मत पाएका छन् ।

निर्वाचनमा ११ हजार ३०१ मत प्राप्त गरी दोस्रो स्थान हाँसिल गरेका विष्टले गोदावरी १ बाट ५६२ मत, २ बाट ५३० मत, ३ बाट ४४२ मत पाएका छन् ।

त्यस्तै ४ बाट ७०२ मत ५ बाट ४८५ मत, ६ बाट ४१२ मत, ७ बाट ३१२ मत, ८ बाट ५१५ मत, ९ बाट ४३४ मत, १० बाट ५५९ मत, ११ बाट ४१२ मत र १२ बाट ४६२ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले मोहन्याल ५ बाट १०७ मत पाएका छन् । चुरे १ बाट ३६७, २ बाट १५१, ३ बाट ३१८, ४ बाट ३१४, ५ बाट २८७ र ६ बाट ३३३ मत पाए ।

पार्टीका उपमहासचिव समेत रहेका उनले गौरीगंगा १ बाट ४०७ मत,२ बाट २६० मत, ३ बाट ३०७ मत, ४ बाट ३४२ मत, ५ बाट १९८ मत र ६ बाट २५१ म्त पाएका छन् ।

गौरीगंगा ७ बाट उनले २३४ मत, ८ बाट २२२ मत, ९ बाट २६६ मत, १० बाट २५७ मत र ११ बाट २७४ मत पाएका छन् । भट्टले गोदावरी १ बाट ६३३ मत, २ बाट ३३१ मत, ३ बाट २४३ मत, ४ बाट ३८४ मत, ५ बाट २९५ मत र ६ बाट ४११ मत पाएका छन् ।

७ बाट २७६ मत, ८ मत ३९५ मत, ९ बाट ५३८ मत, १० बाट ४१७ मत, ११ बाट २६१ मत र १२ बाट ३६५ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराम चौधरी उत्सवले मोहन्याल ५ बाट २३९ मत पाएका छन् ।

चुरे १ बाट ९४ मत, २ मत ३३ मत, ३ बाट १७ मत, ४ बाट ३२ मत, ५ बाट ९८ मत, ६ बाट ८४ मत पाएका छन् । त्यस्तै उनले गौरीगंगा १ बाट १७१ मत, २ बाट १३३ मत, ३ बाट २४८ मत, ४ बाट ४३६ मत, ५ बाट ४१६ मत, ६ बाट ९१ मत पाएका छन् ।

उनले वडा नम्बर ७ बाट ३६५ मत, ८ बाट ४३४ मत, ९ बाट २८२ मत, १० बाट २०२ मत र ११ बाट २७० मत पाएका छन् ।

त्यस्तै गोदावरी १ बाट उनले २११ म्त, २ बाट ५६ मत, ३ बाट ११८ मत, ४ बाट ८० मत, ५ बाट १२२ मत, ६ बाट १०३ मत पाएका छन् भने ७ बाट १६४ मत, ८ बाट २५७ मत, ९ बाट २९१ मत, १० बाट ६८ मत, ११ बाट २९४ मत र १२ बाट १०० मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमल बमले मोहन्याल ५ बाट २ मत पाएका छन् । चुरे १ बाट १४५, २ बाट ४१, ३ बाट ३६, ४ बाट ११, ५ बाट ८ र ६ बाट १६ मत पाए ।

बमले गौरीगंगा १ बाट २३ मत,२ बाट १५ मत, ३ बाट ३८ मत, ४ बाट २९ मत, ५ बाट २९ मत र ६ बाट २८ मत, ७ बाट ४२ मत पाएका छन् । गौरीगंगा ८ बाट उनले ५८ मत, ९ बाट २४ मत, १० बाट २५ मत र ११ बाट ७ मत पाएका छन् ।

उनले गोदावरी १ बाट १०१ मत, २ बाट १३८ मत, ३ बाट ५५ मत, ४ बाट ८८ मत, ५ बाट ५७ मत र ६ बाट ४२ मत पाएका छन् ।

७ बाट ३६ मत, ८ मत १३४ मत, ९ बाट ७५ मत, १० बाट ३० मत, ११ बाट १० मत र १२ बाट १५ मत पाएका छन् ।

यस क्षेत्रमा एक स्वतन्त्र उम्मेदवारसहित १५ दलले उम्मेदवारी दर्ता गरेकोमा अन्यले १ हजार मत पनि कटाएका छैनन् ।