अत्तरिया जेसीजले छाडा चौपायामा टाँस्यो रिफ्लेक्टिभ स्टिकर

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया जेसीजले छाडा चौपायामा रिफ्लेक्टिभ स्टिकर टाँसेको छ। शनीबार अत्तरिया क्षेत्रमा रहेका छाडा चौपायामा रातिमा चम्किने रिफ्लेक्टिभ स्टिकर टासिएको हो ।

सडक दुर्घटनामा कमी ल्याउन छाडा चौपायामा रातिमा चम्किने रिफ्लेक्टिभ स्टिकर टाँसिएको कार्यक्रमका संयोजक रोशन बलायरले बताएका छन् ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेती समेतको सहयोगमा करिब ८० वटा छाडा चौपायाको घाँटीमा रिफ्लेक्टिभ स्टिकर टासिएको उनले बताएका छन् ।

तथ्यांक अध्ययन गर्दा छाडा चौपायाले गर्दा हुने सडक दुर्घटना उच्च देखिएको हुँदा अत्तरिया जेसीजले उक्त कार्य गरेको अत्तरिया जेसीज वर्ष २०२६ का अध्यक्ष बम बहादुर बोगटीले बताएका छन्।

विशेषगरी रातिको समयमा छाडा चौपायका कारण सडकमा दुर्घटनाको जोखिम अत्यधिक बढेको कारण सामाजिक उत्तरदायित्व अन्तरगत रिफ्लेक्टिभ स्टिकर टाँसेको उनको भनाई छ।

अत्तरिया जेसीजको उक्त कार्यले छाडा चौपायाका कारण हुने सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने आफूहरुले अपेक्षा गरेको बोगटीले बताएका छन् ।