
अत्तरिया – नेपाली सेनाले सञ्चालन गरेको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालयमा भर्ना खुलेको छ ।
आगामी शैक्षिक सत्र–२०८३ का लागि सैनिक आवासीय महाविद्यालय तेघरीले कक्षा ६ मा भर्ना आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक विद्यार्थीले सैनिक विद्यालयमा कक्षा ६ मा भर्ना हुन सक्ने सूचनामा उल्लेख छ ।
इच्छुक विद्यार्थीले यहि चैत्र १६ गतेसम्म फाराम भर्न सक्ने तथा चैत्र २१ गते लिखित प्रवेश परिक्षा हुने सूचनामा बताइएको छ ।















