
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आइतबार (आज) एक समारोहकाबिच १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहराको सभाध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले आ आफ्ना कला प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा गरिएका विभिन्न प्रतियोगिताहरुमा सफल विद्याथीहरुलाई पुुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटा, शिक्षाविद डाक्टर हेमराज पन्त,सैनीक आवासीय महाविद्यालय तेघरीका प्रमुख व्यवस्थापक, दुर्गालक्ष्मी नमूना माविका प्रधानाध्यापकसहित विभिन्न शैक्षिक तथा संघ संस्थाका प्रतिनिधि, समाजसेवी लगायत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
















