
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप आइडी ह्याक भएको छ। ह्याकरहरूले विभिन्न व्यक्तिलाई सन्देश पठाउँदै रकम मागिरहेको पाइएको छ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले उक्त जानकारी दिँदै यस विषयमा कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

उनले कसैलाई पनि ह्वाट्सएपमार्फत आएको सन्देशका आधारमा रकम नपठाउन आग्रह गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल तथा सन्देश आदान–प्रदान गर्ने एपहरू ह्याक गरेर ठगी गर्ने गिरोह सक्रिय हुँदै गएको देखिएको छ।















