देउडा संस्कृति संरक्षण प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – देउडा संस्कृति संरक्षण प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष ध्रुर्व बहादुर सिंहको अध्यक्षतामा शनीबार कैलालीको अत्तरियामा सम्पन्न भएको साधारण सभामा गोदावरी नगरपालिकाका नष्र प्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा बोल्दै भट्टले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएकाले यसको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले प्रतिष्ठानको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन भूमि आयोगसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा देउडा संस्कृति संरक्षण प्रतिष्ठान शाखा अध्यक्ष तथा प्रतिनिधिहरुसहित देउडाप्रेमीहरुको उपस्थिति रहेको थियो ।