कैलालीमा बलात्कार आरोपमा युवक पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–८ सोनपुरमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

nisarga

महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।