
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-२ स्थित अत्तरियामा रहेको अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनको लागी उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ।
आज सोमबार सस्थाको नयाँ नेतृत्वकाे लागि उम्मेदवारी दर्ता आह्वान गरिएको थियोे।

उक्त खानेपानी सस्थाको नयाँ नेतृत्वकाे लागि १ जना एकल अध्यक्ष पदको लागि उम्मेदवारी र ४ जनाले प्यानलसहित उम्मेद्वारी दर्ता गराएका छन्।
अध्यक्षका लागि राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह, राज बहादुर खड्काले प्यानलसहित उम्मेदवारीदर्ता गरेका छन् भने अध्यक्ष पदमा नन्दराज भट्टले एकल उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने व्यवस्था रहेको छ। संस्थाका ५ हजार ७ सय ४२ उपभोक्ता मतदाता रहेका छन् ।
अध्यक्ष पदमा उम्मेदवारले ७ हजार ५सय रुपैयाँ तोकिएको थियोे। भने पदाधिकारी पदका लागी ५ हजार ५ सय र सदस्य पदका उम्मेदवारका लागी ३हजार ५ सय फिर्ता नहुने गरी तोकिएको थियो।















