
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा १२ कोठे भवनको शिलान्यास गरिएको छ ।
भवनको बुधबार (आज) गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका हुन् ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा १२ कोठे तीनतले भवन निर्माण हुन लागेको हो ।
भ्याटसहित ७ करोड रुपैयाँमा निर्माण हुन लागेको भवनको ठेक्का एएम देवहरी जोइन्ट भेन्चरले पाएको छ । भवन निर्माण १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
विद्यालयको तीनतले भवन निर्माणले पठनपाठनमा सहजता हुने विश्वास गरिएको छ ।














