डिएसपी चन्द बने कैलालीको वैशाख महिनाको उत्कृष्ट प्रहरी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्टको प्रमाणपत्र प्रदान गरेको छ ।

nisarga

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्वारा प्रदान गरिएको प्रशंशापत्रमा डिएसपी चन्दले आफ्नो जिम्मेवारी वडाहरुमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको, ७२ लाख ८६ हजार बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको उल्लेख छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखको रूपमा कार्यरत रहँदा उनले लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न व्यक्तिहरु उल्लेख्य पक्राउ गरेको, उल्लेख्य संख्यामा फरार व्यक्तिहरु पक्राउ प्रशंशापत्रमा उल्लेख छ ।