
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६, लालपुरस्थित नवदुर्गा आधारभूत विद्यालयमा निर्माण गरिएको ३ कोठे भवनको औपचारिक उद्घाटन गरिएको छ ।
भवनको आज गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षाका लागि सशक्त शैक्षिक पूर्वाधार अनिवार्य रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

नगर प्रमुख भट्टले यस्ता सहकार्यमा आधारित विकास परियोजनाले स्थानीय समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
व्युल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो ।
विद्यालयमा २ कोठे शौचालय पनि निर्माण गरिएको छ भने फर्निचर पनि सहयोग गरिएको छ ।















