
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले शुक्रबार चालु शैक्षिक सत्रको प्रथम अभिभावक भेला सम्पन्न गरेको हो ।
भेलामा अभिाभावकले ग्रामिण भेगमा भएर पनि गुणस्तरीय शैक्षिक सेवा प्रदान गरिरहेको बताउँदै सुधार गर्नुपर्ने कुराहरु पनि उल्लेख गरेका थिए ।

भेलामा विद्यालयमा संस्थापक श्याम बहादुर खत्रीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले विद्यालयले कक्षामा प्रथम स्थान हासिल गर्ने तथा नगर स्तरीय राष्ट्रपति रनिग शिल्ड प्रतियोगितामा पदक जित्ने विद्यार्थी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।
त्यस्तै असहाय बालबालिकालाई पनि विद्यालयले निशुल्क शिक्षा प्रदान गर्दै आएकोले आफ्नो गाउँटोलमा कोही भएमा सुविधा उपभोगका लागि सूचना पुर्याइदिन पनि उनले आग्रह गरेका छन् ।
खत्रीले विद्यालयले बोलाएको समयमा अनिवार्य उपस्थित हुन अभिभावकहरुलाई आग्रह गर्दै विद्यालय समयभन्दा बाहिर रहेकोबेला अभिभावकहरुले आफ्ना बालबालिकाबारे निगरानी गर्नुपर्ने बताएका छन् ।















