राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरेश चौधरीले दिलाए एक स्वर्णसहित तीन पदक

Image
maya metro

अत्तरिया – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ श्ल्डि खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गरेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ९ स्वर्ण, ३ काश्य र ५ रजत पदक हात पारेको छ।

nisarga

सुदूरपश्चिम प्रदेशबाट प्रतियोगितामा सहभागी कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा रहेको सैनिक महाविद्यालय तेघरीका छात्र सुरेश चौधरीले १ स्वर्णसहित तीन पदक दिलाएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि चौधरीले जिल्लालाई ३ स्वर्ण र १ रजत गरि ४ पदक दिलाएका थिए।

दशरथ रंगशालामा आयोजित प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागिसातै प्रदेशका ६८६ खेलाडी सहभागी भएका थिए ।