
अत्तरिया – सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालको समीक्षा गोष्ठी धनगढीमा सुरु भएको छ ।
शान्तिदीपको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको समन्वय तथा सहकार्यमा सुरु भएको दुई दिने गोष्ठीको आइतबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मान बहादुर कार्कीले उद्धघाटन गरेका हुन् ।

सञ्जालकी संयोजक भगवती थापाको अध्यक्षतामा सुरु भएको गोष्ठीमा सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।















