यस वर्ष कक्षा ११–१२ विज्ञान संकायमा १९२ जनाले पाए धनगढी उपमहानगरको छात्रवृत्ति

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११–१२ विज्ञान संकाय अध्ययनका लागि १९२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। एसईई परीक्षाको नतिजाका आधारमा तयार गरिएको मेरिट सूचीअनुसार विद्यार्थी छनोट गरिएको हो।

विज्ञान संकायतर्फ सबैभन्दा बढी ९७ जना विद्यार्थी कैलाली जिल्लाबाट छनोट भएका छन्। त्यसपछि बझाङका १७, बाजुराका १४, कञ्चनपुरका ११, डोटीका १०, बैतडीका १०, अछामका ६, दार्चुलाका ३, डडेल्धुराका २ तथा कालिकोट र दैलेखका १–१ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्।

nisarga

उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विज्ञान संकायतर्फ सबैभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ।