
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको १७औँ अधिवेशन सुरु भएको छ ।
नगरपालिकाको सभा हलमा १७ औं अधिवेशन सुरु भएको हो।
अधिवेशनमा नगर उपप्रमुख शारदा देवी रोकायाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३० करोड ५ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेकी छिन् ।

प्रस्तावित बजेटमध्ये ६७.४ प्रतिशत चालु खर्च र ३२.६ प्रतिशत पुँजीगत खर्च तर्फ विनियोजन गरिएको छ नगर सभामा नगर पालिकामा प्रमुख वीरेन्द्र भट्ट , वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।















