गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

Image
maya metro

कैलाली – सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

nisarga

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णयसँगै अस्पताललाई शिक्षण, स्वास्थ्य सेवा र चिकित्सा जनशक्ति उत्पादनका लागि आवश्यक संरचनासहित सञ्चालन गर्ने बाटो खुलेको छ।