बझाङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

Image
maya metro

बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

nisarga

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यूँ गाउँपालिका–७ की विमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जैमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा चालक देवबहादुर धामी गम्भीर घाइते भएका छन्।

यस्तै, धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरू जाग्री सामान्य घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइतको उद्धारका लागि हेलिकप्टर गपुगेको धामीले जानकारी दिए ।