
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार राति प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका छन् ।

मुख्यमन्त्री खगराज भट्टले आजै नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश रावललाई वनमन्त्री, ओमविक्रम भाटलाई भौतिक मन्त्रालय, खुसीराम डगौरा थारुलाई आन्तरिक मामिलामन्त्री र इन्दिरा गिरी तथा जानकीदेवी कुँवरलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।















