
अत्तरिया – कैलालीमा झरनमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त रहेकाे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
शनिबार दिउँसो ४ बजेतिर पन्त चुरे गाउँपालिका-५ सुरूगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पन्तकाे खाेजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । अहिलेसम्म पन्तकाे अवस्था अज्ञात रहेकाे छ ।
उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेकाे बुझिएको प्रहरीले जनाएकाे छ ।















