रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

Image
maya metro

काठमाडौं – रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ ।

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ ।

nisarga

चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम)मा दुई शव फेला परेको छ ।

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।