
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा निकासाका लागि ठेक्का आह्वान गरेको छ।
आर्थिक वर्ष २०८३ –८४ को लागि भदौ २५ गते एक सुचना मार्फत नगरपालिकाले ठेक्का आह्वान गरेको हो ।

नगरपालिका भित्र पर्ने मुख्य नदी खुटियाको लागि न्युनतम रकम ५ करोड ५२ लाख ६० हजार ७३९ रुपैयाँ कायम गरिएको छ ।
यस्तै नगरपालिका भित्र पर्ने गोदावरी नदीका लागि पनि ठेक्का आह्वान गरिएको छ ।
उक्त नदीबाट नदीजन्य पर्दाथ उत्खनन् तथा निकासा गर्न १ करोड ५४ लाख २८ हजार ९५७ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै नगरपालिका भित्रकै खैराना नदीका लागि ९६ लाख ५९ हजार ७५१ रुपैयाँ कायम गर्दै ठेक्का आह्वान गरिएको छ ।
कबोल गरेको रकमको ५ प्रतिशत धरौटी रकम कायम गरिएको छ ।
भदौ २५ देखि २१ दिनभित्र बोलपत्र सम्बन्धि कागजातहरु ख्रिद गरि पेश गर्न सूचनामा अनुरोध गरिएको छ ।
















