
अत्तरिया – कैलालीको गोदावरी-६ स्थित लालपुर चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
सुदूर युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

क्लबका अध्यक्ष शान परियारले रसुवा बाढीका घाइतेहरुको उपचारार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
रेडक्रस संगको सहकार्यमा बिहान ९ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चल्ने जनाइएको छ ।















