आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी मनाइँदै

Image
maya metro

आज ऋषिपञ्चमी पर्व । यस पर्वको अवसरमा नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी मनाउँदै छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

nisarga

ऋषिपञ्चमीको अवसरमा कैलालीको गोदावरी धाममा बिहानैदेखि व्रतालु तथा भक्तजनको भिड लागेको छ।

भाद्र शुक्ल पञ्चमीका दिन यहाँ पूजा तथा दर्शनका लागि भक्तजन आउने गर्छन्। ऋषिपञ्चमीकाे व्रत महिलाले मात्र गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाे छ ।